बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित बने आईमएमई बाई खल्तीका सञ्चालक शाह


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेद्वार बनेका आईएमई खल्ती लिमिटेडका सञ्चालक अरविन्द शाहले विजयी हासिल गरेका छन्। शाहले बारा क्षेत्र नम्बर ३ बाट भारी मतान्तरले जित निकालेका हुन्।

त्यसक्रममा उनले रास्वपाका लागि ४० हजार मत ल्याए। उनका निकटम प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका फरमूल्ला मंसुरले १० हजार मत ल्याएका छन्। बारा क्षेत्र नम्बर ३ बाट विजयी हासिल गरेका शाह आईएमई खल्तीका सञ्चालक तथा ‘टेक आन्तरप्रेणर’ हुन्।

शाह इञ्जिनियर समेत हुन् भने त्रिभुवन विश्वविद्यालयबाट एमफिल गर्दै छन्।