म्याग्दीबाट महावीर पुन भारी मतान्तरले विजयी


काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट  स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । उनी एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

त्यस्तै, पुन  २२ हजार ८५०  मत प्राप्त गरी विजयी भएका छन्, भने उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले सात हजार ९१९  मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले  ६६७६मत प्राप्त प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३५२९ मत प्राप्त गरे ।