दुर्गा प्रसाईँको रिटमा कारण देखाऊ आदेश


काठमाडौं – राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईँलाई थुनामा राख्नुको कारण सोधेको हो। 

प्रसाईँले अधिवक्ता सुरेश बोहरामार्फत बन्दी प्रत्यक्षीकरण रिट दायर गराएका थिए। प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

यसअघि पसाई पछिल्लो पटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।