काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले झुटो अफवाह फैलाएको आरोपमा सुनसरी प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३, महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्।
ठाकुरले ‘रामचन्द्र ठाकुर’ नामक फेसबुक आईडी प्रयोग गरी निर्वाचनसँग सम्बन्धित भ्रामक भिडियो अपलोड र सेयर गरेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो काठमाडौंको प्राविधिक सहयोगमा ठाकुरलाई इनरुवाको महेन्द्रचोकबाट नियन्त्रणमा लिइएको छ।
प्रहरीले उनको साथबाट अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल समेत बरामद गरेको छ। ठाकुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ।



About Us
प्रतिक्रिया