काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनमा मतपेटिका, मतपत्र तथा अन्य निर्वाचन सामग्रीसँग सम्बन्धित कानुनी व्यवस्थामा कडा चेतावनी जारी गरेको छ।
आयोगले कसैले मतदानमा प्रयोग हुने वा भइसकेको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा मतदानमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गरे कारबाही गरिने जनाएकाे हाे।
निर्वाचन ऐनअनुसार यस किसिमको उल्लङ्घन गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद सजाय, वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुनसक्ने आयोगले जनाएको छ। निर्वाचन आयोगले सबै राजनीतिक दल र नागरिकलाई शान्तिपूर्ण तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न कडाइका साथ नियम पालना गर्न आग्रह गरेको छ।



About Us
प्रतिक्रिया