पोखरामा सार्वजनिक स्थलमा महिला माथि अभद्र व्यवहार गर्ने एक जना प्रहरीको फन्दामा 


काठमाडौं  – कास्कीको पोखरा महानगरपालिका वडा–९ चिप्लेढुङ्गाको पार्किङ स्थलमा दुई जना महिला माथि कुटपिट तथा झैझगडा गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पार्किङ शुल्क उठाउने काम गर्दै आएका २३ वर्षीय मनिस थापा रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फागुन १५ गते दिउँसो करिब ३ बजे उक्त घटनासम्बन्धी भिडियो तथा विवरण विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा थापालाई चिप्लेढुङ्गाबाट पक्राउ गरिएको हो।

थापालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।