श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा जोशी नियुक्त


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल जोशी नियुक्त भएका छन्। कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रहदै आएका जोशी सीईओमा नियुक्त भएका हुन्।

कम्पनीको फागुन १५ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको ४ वर्षेकार्यकाल फागुन २३ गतेदेखि लागुहुने कम्पनीले जनाएको छ।