काठमाडौं – एक समय थियो, जब निजामती सेवामा पुरुषको क्षेत्रको बाहुल्यता हुन्थ्यो। जिल्ला प्रशासन कार्यालयको नेतृत्व कक्षमा पुरुषकै वर्चस्व स्वाभाविक मानिन्थ्यो। तर समय बदलिएको छ। अहिले महिलाहरू उपसचिव, सहसचिव हुँदै सचिवसम्म पुगेका छन्। अझ रोचक कुरा के भने दुर्गम हिमाली जिल्ला मुस्ताङको प्रशासनिक कमाण्ड सम्हालिरहेकी छन् एक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ)। भौगोलिक कठिनाइ, मौसमको कठोरता र सीमावर्ती संवेदनशीलता प्रशासनिक चुनौतीसँग गाँसिएका छन्। यही जिल्लामा अहिले नेतृत्व गरिरहेकी छन्, अजिता शर्मा।
निजामती सेवामा महिलाको उपस्थिति पछिल्लो दशकमा उल्लेखनीय रूपमा बढेको छ। तर संख्यात्मक वृद्धि मात्र पर्याप्त हुँदैन, नेतृत्व तहमा पहुँच नै वास्तविक परिवर्तनको सूचक हो। जिल्ला प्रशासन कार्यालय जस्तो संवेदनशील संरचनामा महिला सीडीओको उपस्थिति आफैँमा उदाहरणीय विषय हो। राज्य संयन्त्र अब लैङ्गिक सीमाभन्दा पर पुगेको छ। मुस्ताङ जस्तो हिमाली जिल्ला हाँक्नु केवल औपचारिक जिम्मेवारी होइन। यहाँ शान्ति सुरक्षा व्यवस्थापन, विपद् नियन्त्रण, सीमासम्बन्धी समन्वय, नागरिक सेवा प्रवाह र स्थानीय तहसँगको सहकार्य एकसाथ अघि बढाउनुपर्छ। पर्यटन, मौसमी आपूर्ति व्यवस्थापन र प्राकृतिक जोखिमजस्ता विषयले प्रशासनलाई सधैँ सतर्क राख्छन्।
मुस्ताङको भूगोल आफैँमा चुनौती हो। हिउँ, पहिरो, सडक अवरोध र सीमित पूर्वाधार बिच राज्यको उपस्थिति कायम राख्नु सजिलो काम होइन। त्यसमाथि संघीय संरचनामा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय मिलाउनु अर्को जिम्मेवारी हो।
यस्तो परिवेशमा महिला नेतृत्वले देखाएको सक्रियता केवल व्यक्तिगत उपलब्धि होइन। यो प्रणालीभित्रको रूपान्तरणको संकेत हो। अजिता शर्मा जस्तै अधिकारीहरू प्रशासनिक संरचनामा महिलाको क्षमता, निर्णय क्षमता र संकट व्यवस्थापन कौशलको उदाहरण बनेका छन्।
‘जति महिलाको संख्या बढ्दै गयो, त्यति कार्यस्थलको वातावरण पनि सकारात्मक बन्दै जाने रहेछ,’ उनी भन्छिन्।
हिमालपारिको जिल्ला मुस्ताङमा प्रशासनिक कमाण्ड सम्हालिरहेकी अजिता शर्मा एउटा नाम होइनन्, उनी बदलिँदो राज्य संरचनाको जीवित उदाहरण बनेकी छन्। जहाँ महिला नेतृत्व अपवाद होइन, बिस्तारै सामान्य बन्दै गएको यथार्थ हो। उनका हजुरबुबा शिक्षक थिए। बुबा, फुपू र दाइ सबै निजामती सेवामै आबद्ध। घरमै प्रशासन, सेवा र जिम्मेवारीका कुरा सुन्दै हुर्किएकी उनलाई सानैदेखि ‘निजामती सेवा’ अपरिचित शब्द थिएन।
यद्यपि, उनी व्यवस्थापन (म्यानेजमेन्ट) विषयकी विद्यार्थी थिइन्। त्यसैले सुरुमा उनको सोच बैंकिङ्ग क्षेत्रमा करिअर बनाउने थियो। राष्ट्र बैंकमा काम गर्ने इच्छा पनि थियो। उनले त्यहाँको परीक्षाको फाराम समेत भरेकी थिइन्। तर विभिन्न कारणले परीक्षा दिन पाइनन्। जीवनको मोड फेरियो। कलेज सकिएपछि उनले निजामती सेवाको परीक्षा दिइन् र २०६२ सालमा अधिकृत तहबाट सेवा सुरु गरिन्। उनले शाखा अधिकृत भएर त्यति बेलाको सामान्य प्रशासन मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र सञ्चार मन्त्रालयमा काम गरिन्। ०७४ सालमा उनी उपसचिवमा बढुवा भइन्। बढुवा भएपछि उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा काम गरेकी थिइन्। त्यसपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयमा पनि काम गरिन्। अहिले उनी गत कात्तिकदेखि प्रमुख जिल्ला अधिकारी भएर मुस्ताङ जिल्लाको कमाण्ड सम्हाली रहेकी छिन्।

उनलाई निजामती सेवामा प्रवेश गर्नुका लागि परिवारिक वातावरण नै यसै क्षेत्रमा आबद्ध भएकाले गर्दा जागिर खानु सहज भएको थियो। राष्ट्र बैंकमा जागिर खाने इच्छा भएता पनि उनले निजामतीमा परीक्षा दिएकी थिइन्। साथै, राष्ट्र बैंकमा जागिर गर्न उनले परीक्षा फर्म चहीँ भरेकी थिइन्। तर विभिन्न कामले गर्दा परीक्षा दिन पाइनन्। ०६२ सालमा उनी निजामती सेवामा प्रवेश गर्र्दा यस क्षेत्रमा महिलाको सहभागिता ज्यादै न्युन थियो। उनले यस सेवा प्रवेश गर्दा खुल्लाबाट १० जना प्रवेश भएका थिए । उनले ९ हजार रुपैयाँको तलबबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। अहिलेको जस्तो उनीले यस क्षेत्रमा प्रवेश गर्दा महिला पनि सरकारी क्षेत्रमा पढेर जागिर खान सक्छन् भन्ने अवस्था थिएन।
तर, उनी यस क्षेत्रमा प्रवेश गरेपछि भने उनले यस्तो कुनै चुनौतीका सामना गर्न नपरेको उनी बताउँछन्। कतिपयले क्षेत्रमा महिला प्रवेश भएको भन्दै खुसी पनि व्यक्त गरेका थिए। उनकाअनुसार पहिलाका तुलनामा महिलाका लागि निजामती सेवा काम गर्नका लागि सहज वातावरण बन्दै गइरहेको छ। पछिल्लो समयमा निजामती क्षेत्रमा प्रवेश गरेका महिलाहरू क्षमतावान् पनि छन्। साथै, आइटीसँग अभ्यस्त रहेका महिलाहरू रहेका छन्।
समाज र कार्यस्थल दुवै ठाउँमा समान अवसर, विश्वास र सम्मान दिइएमा मात्र वास्तविक समानता सम्भव हुन्छ। उच्च पदहरूका जिम्मेवारी दिँदा पनि महिलाहरूले निष्ठावान् भएर काम गरेका छन्।
सङ्ख्यात्मक हिसाबले महिलाहरू पनि खुल्ला परीक्षाबाट नै पुरुष सामान महिला पनि यस क्षेत्रमा भित्रिरहेका छन्। जसले गर्दा महिलाहरूले पनि इच्छा राखे नसक्ने भने नहुने जस्तो आफूलाई महसुस हुने गरेको उनी बताउँछिन्। अहिलेका पुस्ताको उपस्थितिका साथसाथै कार्य शैली पनि राम्रो हुँदै गएको छ। साथै, निजामती सेवामा महिलाको भविष्य सुनौलो रहेको छ। सेवा प्रवाह गर्दा कामलाई आफूले सम्मान गर्नुपर्छ।
शर्मा यस क्षेत्रमा प्रवेश गर्ने क्रममा १० जना प्रशासनतर्फबाट छनोट भई आएकी थिइन्। सुरुवाती दिनमा उनीहरूले जिम्मेवारी सम्हाल्न सक्लान् कि सक्दैनन् भन्ने प्रश्न उठ्ने गर्थ्यो। कतिपयले त कामको दबाब थेग्न नसकेर बाहिरिनुपर्ने त होइन भन्ने आशंका पनि व्यक्त गर्थे। पहिला यस क्षेत्रमा महिलाको सहभागिता कम हुँदा कार्यस्थल, सामाजिक जमघट वा निर्णय प्रक्रियामा पुरुषहरूको प्रभाव बढी हुन्थ्यो। त्यसैले वातावरण कहिलेकाहीँ कम मिलनसार, कम संवेदनशील वा एकतर्फी जस्तो पनि देखिन्थ्यो। तर अहिले अवस्था परिवर्तन भएको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘निजामती क्षेत्रमा जति महिलाको संख्या बढ्दै गयो त्यति यस्ता अवस्थाहरू परिवर्तन हुँदै जाने रैछ।’आजको समयमा चुनौतीपूर्ण काम पनि दिनु आवश्यक छ, किनकि पुरुष र महिलालाई समान रूपमा काम गर्ने अवसर दिनुपर्छ। उनको अनुभवमा काम दिने बेलामा ‘यो महिला हो, सक्दिन’ भन्ने सोच राख्नु हुँदैन। अवसर दिइए महिलाले जिम्मेवारी पूरा गरेर देखाएका धेरै उदाहरण छन्। जिम्मेवारीले क्षमता झन् निखार्छ।

समाज र कार्यस्थल दुवै ठाउँमा समान अवसर, विश्वास र सम्मान दिइएमा मात्र वास्तविक समानता सम्भव हुन्छ। उच्च पदहरूका जिम्मेवारी दिँदा पनि महिलाहरूले निष्ठावान् भएर काम गरेका छन्। साथै, जिम्मेवारी दिँदा महिलाहरूको क्षमतामा समेत वृद्धि हुन्छ। त्यसैले गर्दा महिलाहरूले पनि काम गर्छन् भन्ने विश्वास राख्न जरुरी छ।
नेपाली समाजमा घरको काम महिलाले मात्र गर्नुपर्छ भन्ने मान्यता भएता पनि शर्मालाई परिवारको साथ सहयोगले गर्दा पनि काम गर्न सहज भइरहेको उनी बताउँछिन्। साथै, उनी अहिले प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा आफ्नो कामप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको बताउँछन्। साथै काम गर्ने क्रममा जिल्ला बासीको समेत साथ सहयोग आफूले पूर्ण रूपमा पाएको बताउँछन्। उनले मुस्ताङ जिल्लाका महिला समूह, स्थानीय अग्रजहरू सबैको साथ सहयोग आफूले पाइरहेकी छिन्। सेवा प्रवाहहरूका क्रममा कुनै यस्तो असहजताको महसुस गरेकी छैनन्।
अहिले नेपालका लगभग ६–७ वटा जिल्ला महिलाले नै हाँकिरहेका छन्। अजिताका अनुसार अहिले निजामती सेवामा महिलाका लागि वातावरण धेरै सहज बन्दै गएको छ। खुल्ला प्रतिस्पर्धाबाट महिलाहरू पुरुषसरह प्रवेश गरिरहेका छन्। नयाँ पुस्ता क्षमतावान्, प्रविधिसँग अभ्यस्त र आत्मविश्वासी छ। ‘जति महिलाको संख्या बढ्दै गयो, त्यति कार्यस्थलको वातावरण पनि सकारात्मक बन्दै जाने रहेछ,’ उनी भन्छिन्। नेपाली समाजमा अझै पनि घरको काम महिलाकै जिम्मा भन्ने मान्यता जीवित छ। तर अजिता परिवारको सहयोगले काम गर्न सहज भएको बताउँछिन्।
मुस्ताङमा काम गर्दा जिल्लाबासी, महिला समूह र स्थानीय अगुवाबाट राम्रो सहयोग पाएको उनको भनाइ छ। सेवा प्रवाहका क्रममा उनले कुनै विशेष असहजता महसुस नगरेको बताउँछिन्। हिमालपारिको कठोर भूगोलमा प्रशासनिक कमाण्ड सम्हालिरहेकी अजिता शर्मा आज केवल एक अधिकारी मात्र होइनन्; उनी राज्य संयन्त्रमा महिलाको बढ्दो उपस्थिति, विश्वास र क्षमताको उदाहरण बनेकी छन्।



About Us
प्रतिक्रिया