काठमाडौं – आज शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.७३ अंकले घटेसँगै कर्पोरेट डेभलपमेन्टसहित ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ। आज कारोबारमा आएका ३४६ कम्पनीहरुमध्ये कर्पाेरेट डेभलपमेन्ट बैंक, माई खोला हाइड्रोपावर, ९ प्रतिशत नबिल डिबेन्चर २०८७, एनआइसी एसिया ग्रोथ फण्ड–२ र सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको हो।
आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १०.३८ प्रतिशतको गिरावट देखिएको छ । त्यस्तै, माई खोला हाइड्रोपावर ९.११ प्रतिशत, त्यस्तै, ९ प्रतिशत नबिल डिबेन्चर २०८७ को ५.४२ प्रतिशत, एनआइसी एसिया ग्रोथ फण्ड–२ को ४.८१ प्रतिशत र सोलु हाइड्रोपावरको शेयर मूल्य ४.८१ प्रतिशतले घटेको हो।
त्यससँगै, सबैभन्दा बढी श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, शिखर पावर डेभलपमेन्टको ७.९१ प्रतिशतका दरले कमाएका छन्। कारोबारमा आएका ३४६ कम्पनीमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेसँगै १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज दिनभरिमा १ करोड ९ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज सो कम्पनीको २६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युतको २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानिकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानिकर्ताले आज १०.३८ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया