रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुहोस्


काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको हाे। कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर हात पारेका छन्।

कम्पनीको १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पुँजीमध्ये २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृत भएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई र एक लाख ४२ हजार २०० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याई बाँडफाँट सम्पन्न भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता शेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री गरिएको हो। 

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र मेरोशेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन्। त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिनेछ।