काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सरकार बने १ सय दिनमा साना वर्चकर्ताहरूको रकम फिर्ता गर्ने जिकिर गरेका छन्। आज पार्टीले इटहरीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले साे दाबी गरेका हुन्।
सभापति लामिछानेले भने ‘रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेले एक रुपैयाँ फिर्ता पायो ? पाएन, आरोप मलाई लगाऊ तर रास्वपाको सरकारले सय दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ, तयार भएर बस्नुहोला।’
रास्वापाले गत बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको पार्टीको बाचा पत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गरिने उल्लेख छ।



About Us
प्रतिक्रिया