काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.४१ अंकले बढेर बजार २६ सय १६ दशमलव ९७ को विन्दुमा बन्द भएको छ।
आज ३३९ कम्पनीको ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ। आज आँखु खोला जलविद्युत सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, रिदि पावर कम्पनीको ३२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी सालापा विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९२८ प्रतिशतका दरले कमाएका छन।
आज एनआइबीएल समृद्धि फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.८१ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया