एनएबि लघुवित्तले लाभाशं नदिने


काठमाडौं – एनएबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले यस वर्ष पनि शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।

सोही आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। साथै, संस्थाले यस अघिका २ आर्थिक वर्षदखि शेयरधनीको हात खाली बनाउदै आएको थियो।