काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा उक्त महाशाखामा संचालित दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम तेस्रो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो।
तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे। सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताए।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवलदार १ जना, प्रहरी हवलदार ७ जना, प्रहरी सहायक हवलदार ७ जना र प्रहरी जवान ९ जना गरी कुल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।



About Us
प्रतिक्रिया