काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपिओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिहान आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले सो आईपीओ माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता बिक्री खुला गरेको थियो। सो अवधिभरमा २४ लाख ५२ हजार ६०२ जनाले आवेदन दिएकोमा २४ लाख ११ हजार ९२२ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अन्यको रद्द भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो। सो आईपीओमा ५७ हजार २४३ जनाले मात्र आईपीओ हात पारेका छन्। यी मध्ये १ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकीका आवेदकको हात खाली भएको छ।



About Us
प्रतिक्रिया