रिलायन्सको शेयरमा पहिलो कारोबारकै दिन सकारात्मक सक्रिट


काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स् कम्पनीको शेयर पहिलो कारोबारको दिन सकारात्मक सक्रिट लागेर बन्द भएको छ। रिलायन्सको शेयरमा पहिलो कारोबारको दिन सोमबार १० प्रतिशतको सक्रिट लागेर बन्द भएको हो।

यस दिन रिलायन्सको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यस कम्पनीको शेयर फागुन १ गते नेप्सेमा सूचीकृत भएको थियो।

रिलायन्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत भएको थियो।