काठमाडौं – कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले दोस्रो त्रैमासमा सबैभन्दा पहिलोपछक वित्तीय विवरण प्रकाशित गरेको हो ।
प्रकाशित वित्तीय विवरणअनुसार बैंकले दोस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्म बैंकले ३२ करोड २४ लाख खुद नाफा आर्जन गरेको थियो । यस्तै, बैंकले चालु वर्षको पहिलो ६ महिनामा १ अर्ब २१ करोड १४ लाख खुद याज आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ८ करोड ९५ लाख थियो । यसैगरी, पुसमसान्तसम्ममा बैंकले ५६ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ भने रिटर्न अर्निङमा २९ करोड ५७ लाख र जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
पुससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २०.४३ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया