काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्रमा वक्ताका रुपमा मेट नेपाल लाइफ इन्स्योरेन्सका महाप्रवन्धक (जीएम) निर्मल काजी श्रेष्ठ सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘कहिले खुल्छ बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा श्रेष्ठ सहभागी हुने भएका हुन्।
बीमा क्षेत्रमा लामो अनुभव संगालेका उनी विगत २३ वर्षदेखि मेट लाइफमा कार्यररत छन्। मिन भवन कलेजबाट एमबीए गरेका उनले दीर्घ व्यवस्थापन, जोखिम व्यवस्थापन, बीमा तथा व्यवसाय विकासका क्षेत्रमा दक्षता हासिल गरेका छन्। उनले मार्केटिङ तथा व्यवस्थापन विषयमा केन्द्रित व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका हुन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, डिस्कोर्शको पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया