हिमालयन बैंकको ३३औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारण सभा पुस ३० गते सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले सम्पन्न भएको हो।

सभाले बैक तथा बैकका सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ। सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखपरीक्षक सीए राजीव एन्ड एसाेसिएट्सलाई पुनः नियुक्त गरेको छ।

यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।