काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका– २ बस्तीपुर हायुटारको एसबीआई बैंकको शाखा लुट्ने थप चार जना पक्राउ परेका छन् । बैंक लुटेर जंगल तर्फ भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको सिन्धुलीका एसपी लालध्वज सुवेदी बताउँछन् । उनकाअनुसार उनीहरुलाई जंगलबाट पक्राउ गरी प्रहरी कार्यालयमा ल्याउन लागिएको छ ।
बैंक लुटपाटका क्रममा प्रयोग भएको टाढा सुमो जीप र चालक भवत सिंह थापा लाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका पवक्ता सुर्य प्रकाश सुबेदी बताउँछन् । उनकाअनुसार पाँच छ जनाको समूहले बैंकमा लुटपाट गर्दा बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी समेत प्रहार गरी सामान्य घाइते बनाएर बैंकका अन्य कर्मचारीलाई समेत नियन्त्रणमा लिएर लुटपाट गरेको पाइएको छ । लुटेराहरुले बैंकमा रहेको करिब ३ करोड १० लाख ९५ हजार २८३ लुटेको प्रहरीले बताएको छ ।
बैंकमा यत्तिको घटना घटाएर भागेका अपराधीहरूलाई प्रहरी टोलीले खोतलास गर्दै जाँदा १ करोड ८० लाख १० हजार ५ सय फेलापरि बरामद गरिएको कार्कीले बताए । लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बीएडी ०३९८ नम्बरको टाढा सुमो जीप र सोही सुमो चालक थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया