सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?


काठमाडौं – सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो। अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो।

हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो।