बैंकिङ्ग क्षेत्रमा फर्किए अनिल केशरी शाह, बने नबिल बैंकको सञ्चालक


काठमाडौं – नबिल बैंकको सञ्चालकमा अनिल केशरी शाह नियुक्त भएका छन्। हिजो भएको कम्पनीको वार्षिक साधारण सभाले शाहलाई सञ्चालकमा नियुक्त गरेको हो।

साधारण सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा शाहलाई निर्विरोध निर्वाचित गरेको हो। बैंकिङ्ग क्षेत्रको लामो अनुभव सँगालेका शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएपछि कुनै पनि बैंक प्रवेश गरेका थिएनन्। अन्ततः उनी करिब ५ वर्षपछि फेरि नबिलमा नै फर्किएका हुन्।

ग्रीण्डलेज बैंकमा सहायक तहबाट बैंकिङ्ग करिअर सुरु गरेका शाहले नबिल बैंक तत्कालीन मेगा बैंकमा पनि अनुभव सँगालेका छन्।