हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने


काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको सो बैठकले लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ ।