लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काडमाडौं – लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बैंकको संस्थापक समूहको १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले कान्छा गुरुङको नाममा रहेको १ लाख कित्ता र प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार ९० कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको यस शेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

इच्छुक योग्य व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने छ ।