४२ वर्षको उमेरमा हृदयाघातका कारण गायक तामाङको निधन


काठमाडौं – गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ। उनको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ।

सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रियभएको थियो। साथै, उनले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभियनले राम्रो छाप छोडेका थिए। उनको गायनसँगै अभियनसमेत दर्शकले मन पराएका थिए।

‘हिम्मत–२’ बाट नेपाली चलचित्रमा पाश्र्वगायकका रुपमा प्रवेश गरेका प्रशान्तले ‘गोर्खा पल्टन’ चलचित्रमा अभियन गरेर अझै लोकप्रियता कमाएका थिए। उनको अभियन यात्रा यसै चलचित्रबाट सुरु भएको थियो। अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक तामाङ काम गर्दाको क्षण अविस्मरणीय रहेको लेख्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन्। उनका अनुसार सन् २०१० देखि २०११ को समयमा तामाङको स्वरले सजिएको गीत ‘मनसाइली’ मा अभिनय गर्दा निकै अमूल्य पलहरू सँगालेको स्मरण गरे। साथै, परदेशी–२ मा उहाँसँगै काम गर्दाका सम्झनाहरू, मुस्कान जीवन्त रहेको बताए।

अभिनेत्री दिपाश्री निरौलाले तामाङलाई भावपूर्वक सम्झँदै पुराना तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन्। गायन, अभियन मात्रै नभई तामाङको मित्रवत् व्यवहारको उनले प्रशंसा गरेका छन्। ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी–२’ मा नारायण रायमाझीको निर्देशनमा तामाङले चलचित्र अभियन गरेका थिए।