काठमाडौं – प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ विभिन्न स्थानबाट पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका – १२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको छ। साथै, स्याङ्जा, बिरुवा गाउँपालिका – ६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरुवा बन्दुक १ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवा अर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया