काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यतोलामा २८ सय रुपैयाँले बढेको छ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्यतोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २१० रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४९ सय ९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा काराेबार भएकाे थियाे।





About Us
प्रतिक्रिया