काठमाडौं – एनएमबि बैंकले ८ वटा शाखालाई घटाएर ४ शाखा कायम गरेको छ । एनएमबि बैंकले एकै स्थानमा एक आपसमा नजिक रहेका शाखा कार्यालयहरु बन्द गरी नजिकको अर्को शाखा कार्यालयमा समायोजन र एकीकरण गरी समायोजन र एकीकरण भएको शाखाबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो ।
बैंकले विराटनगर महानगरपालिकामा रहेको विराटनगर शाखालाई सोहि महानगरमा रहेको महेन्द्रचोक शाखामा मर्ज गरेको छ । यस्तै, भरतपुर महानगरपालिकामा भएको नारायणघाट मेनरोड शाखालाई सोहि महानगरको अर्को शाखा लायन्स चोक शाखामा, पोखरा महानगरपालिकामा भएको पोखरा शाखालाई सोहि महानगरको चिप्लेढुङ्गा शाखामा र पोखरा महानगरपालिकामा नै रहेको रामबजार शाखालाई अमरसिंह शाखामा मर्ज गरेको छ ।






About Us
प्रतिक्रिया