चेक अनादर मुद्दाका फरार तीन प्रतिवादी पक्राउ


काठमाडौं –  चेक अनादर मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका कृष्ण कुमारी रेग्मी, गोबिन्द बर्तौला र युद्ध बहादुर थापा रहेका छन्। 

जिल्ला अदालत मकवानपुरबाट फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरू तिनै जनामाथि ३–३ हजार जरिवाना तोकिएको थियो। उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाइएको प्रहरीले जनाएको छ।