काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक समूह (क) र सर्वसाधारण समूह (ख) गरी एकैपटक ६ शेयरधनी निर्वाचित भएका छन्।
संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र सागर मल्ल निर्वाचित भएका हुन्। यस्तै, सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर सँगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्।
बैंकको पुस २१ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट सो निर्णय भएको हो। त्यस्तै, सोही दिन बसेको सञ्चालक समितिको ६४० औं बैठकबाट सञ्चालक राजेश उपाध्याय सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन्।



About Us
प्रतिक्रिया