काठमाडौं – नेपाली बजारमा आज पनि सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेकाे हाे। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ।
हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६५ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रूपैयाँ बढेको हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १९५ रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया