कर्जा असुलीमा गएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि हातपात भएको छ। बैंकको घोराही शाखामा कार्यररत कर्मचारीमाथि हातपात भएको हो।

हिजो अर्थात् आइतबार कर्जा असुलीका लागी गएका बैंकका सो शाखाका कर्मचारीमाथि हातपात भएको हो। बैंकले अभद्र व्यवहार तथा हातपातको आरोपमा प्रहरीमा उजुरी समेत दिइसकेको छ।

कुट्नेहरुमाथि थप अनुसन्धान भइरहेको बैंकले जनाएको छ। बैंकको कर्मचारी युनियनले पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरु माथी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समुहहरुको प्रहारको केन्द्र बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ। बैंकको घोराही शाखामा कार्यरत कर्मचारीहरुलाई कर्जा असुलिको क्रममा कर्मचारीमाथि कुटपिट गर्ने जस्तो आपराधिक घटना प्रति भत्सना गरेको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि यस्ता घटना दोहोरिँदा अर्थतन्त्र नै प्रभावित हुनसक्ने बैंकको बुझाई छ।