काठमाडौं – सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै बैंकले ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि समेत बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो। जसमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्तासम्मलागि आज बैंकिङ्ग समयभित्र आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया