काठमाडौं – लक्ष्मी सन्राइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।
आ.व. २०८१/८२ मा ३ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ८७ अर्ब रुपैया कर्जा पुर्याएकाे यस बैंकको वासलातको आकार ४ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ। सो आ.वमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।



About Us
प्रतिक्रिया