काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्म वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूको अन्तर बैंक कारोबारमा भारी मात्रामा गिरावट आएको हो।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वाणिज्य बैंकहरूको २ खर्ब ८८ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ६५ अर्ब २४ करोड रुपैयाँ गरी कुल ३ खर्ब ५४ अर्ब १५ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ४ खर्ब ७० अर्ब ३० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ६१ अर्ब ८० करोड रुपैयाँ गरी कुल ५खर्ब ३२ अर्ब १० करोडको अन्तर बैंक कारोबार भएको थियो।



About Us
प्रतिक्रिया