डिजिटल बैंकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित


काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड डिजिटल कारोबार र नेपालपे क्यूआर कारोबारमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरे बापत उक्त अवार्डबाट सम्मानित भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका हुन् । विकास बैंकलाई प्राप्त उक्त अवार्डले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ । विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ्ग मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।