एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त


काठमाडौं – एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । हिजो अर्थात् पुस ९ गते बसेको बैंकको सञ्चालक समिति बैठकले आजदेखि लागू हुनेगरी उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । अग्रवालसँग बैंकिङ्ग क्षेत्रको लामो अनुभव छ ।

उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ ।