काठमाडौं – ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते सिटि स्क्वायर व्याङ्क्वेट न्युरोड पोखरा–०८ मा १३ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा ९ बजेदेखि सुरु हुनेछ ।
बैंकले सो सभाबाट हाल कायम चुक्ता पूँजीको ८.०३९ प्रतिशत बोनश शेयर र ०.४२ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसमा पुस १६ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीले सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नसक्नेछन् ।



About Us
प्रतिक्रिया