काठमाडाैं – सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यो कम्पनी भुषाल ग्रुप अन्तर्गतको हो। यो कम्पनी पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाईमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको हो। भैरहवामा फ्याक्ट्री रहेको सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ। कम्पनीले मल्ट्री इस्टान्डर्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल, एसिएसआर कन्डक्टरू उत्पादन गर्दै आएको छ।



About Us
प्रतिक्रिया