काठमाडौं – नेपाल बैंक लिमिटेडले शेयरधनीलाई पुस ३० गते वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो सभा नेपाल पुलिस क्लब भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे बोलाएको हो।
सो सभाले गत आर्थिक वर्ष को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।
साथै, वार्षिक साधारण सभा प्रयोजनका लागि पुष २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सो सभामा भाग लिन सक्नेछन्।



About Us
प्रतिक्रिया