लुम्बिनी विकास बैंकले लाभांश नदिने


काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको ५१४ औं बैठकले सो निर्णय गरेको हो।

सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा नगद र  बोनस शेयर गरी ८ प्रतिशत लाभांश दिएको थियो।