कालिका पावरले बोलायो १८ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – कालिका पावर कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सो सभा पुस २८ गते दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो। सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सो सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुष १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।