सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव सम्पन्न, १०.३५ लाभांश पारित


काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रूपैयाँ ३० पैसा बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात् १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैस पुग्ने भएको छ।

साधारण सभाले आ.व.०८१/८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ।

बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ।