महिनैपिच्छे मुद्दतीमा पैसा जम्मा गर्न पाइने रिकरिङ्ग खाता, जसबारे बैंकरहरूले खुलेर भन्दैनन्


काठमाडौं – मुद्दती खाता भन्नै बित्तिक्कै सञ्चित गरेको बचतलाई एकमुष्टरूपमा लामो अवधिका लागि बैंकमा जम्मा गर्ने भन्ने बुझिन्छ। तर, बैंक तथा वित्तीय संस्थाले मासिक बचतलाई पनि मुद्दतीमा जम्मा गर्न मिल्ने सुविधा दिँदै आइरहेका छन्। यसलाई रिकरिङ्ग मुद्दती खाता भनिन्छ। 

बैंकरहरूले यस खाताबारे सर्वसाधारणलाई विशेष जानकारी नदिने गरेको पाइन्छ। यस खातामा बचत भएको पैसाको बैंकले मुद्धती निक्षेपमा जति नै ब्याज दिने गर्छ। 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो सुविधा उपलब्ध छ। यो खातामा ग्राहकले हरेक महिना निश्चित रकम न्यूनतम ५०० देखि १ हजारसम्म जम्मा गर्ने प्रतिबद्धता गर्छन्। १ देखि ३ वर्षपछि मुद्दती निक्षेपको पूरा ब्याज पाउँछन्। धेरैजसो बैंकले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्गबाटै पनि यो खाता खोल्न र रकम जम्मा गर्न मिल्ने सुविधा दिएका छन्।

हाल मुद्दती निक्षेपमा ब्याजदर ५.०४ प्रतिशतसम्म छ। मुद्धति निक्षेपसहरको ब्याज यस खाताको बचतमा पाइन्छ। रिकरिङ्ग खाता ग्राहकका लागि अत्यन्त लाभदायक छ। तर, बैंकहरूले यसलाई सक्रिय रूपमा प्रचार गर्दैनन् किनभने यसबाट मुद्दती निक्षेपको भोल्युम घट्ने डर हुन्छ। 

रिकरिङ्ग खाता के हो ? 

रिकरिङ्ग खाता भनेको बैंक वा वित्तीय संस्थामा खोलिने एक प्रकारको बचत खाता हो। जसमा जो कोहीले पनि हरेक महिना (वा निश्चित समयावधिमा) निश्चित रकम जम्मा गर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ। 

नियमित रुपमा हरेक महिना न्यूनतम निश्चित रकम ५ सयदेखि एकहजार वा २ हजारसम्म पनि जम्मा गर्नमिल्ने व्यवस्था छ। विभिन्न बैंकहरुले ३ लाखसम्मको रकम रिकरिङ्ग खातामा राख्ने गरेका हुन्छन्। पहिलोपटक तोकिएको रकम हरेक महिना बचत गर्नैपर्छ। यस खाता सञ्चालनको लागी निश्चित समयावधि तोकिएको हुन्छ। सामान्यतया बैंकहरुले ६ महिनादेखि ३ वर्षसम्मको यस्तो लागि खोल्ने गरेको पाइन्छ।

लगानीकर्ताको विश्वास जित्दै रिकरिङ्ग बैंक खाता 

रिकरिङ्ग बैंक खाता लगानीको भरपर्दो र सुरक्षित माध्यम बन्न सक्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्। नेपालमा बस्ने मध्यमवर्गीय तथा साना बचतकर्ताहरूका लागि यस बैंक खाता लगानीको रुपमा विकसित हुने गरेको छ। छोटो समयमा नै मुद्धति निक्षेपको जति ब्याजदर आउने हुँदा यस खातालाई कतिपयले लगानीको अवसरका रुपमा हेरिरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको रिकरिङ्ग बचत खातामा पैसा सुरक्षित हुन्छ। जसले पनि यसलाई भरपर्दो माध्ययमको रुपमा चिनाएको छ।