काठमाडौं – सार्वजनिक बिदाको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने भएको छ। सरकारले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस (२०८२ पुस १० गते बिहीबार) का दिन सार्वजनिक बिदा दिएकाे भएतापनि आरटीजीएस प्रणाली सञ्चालन हुने भएको हो।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै सार्वजनिक बिदा भए तापनि बैंकिङ्ग कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएकाे जनाएकाे छ। आरटीजीएस प्रणाली भाेलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।



About Us
प्रतिक्रिया