नबिल बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो ४१ औं वार्षिक साधारण सभा


काठमाडौं – नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो सभा पुष २८ गते सोमबार बोलाएको हो।

बैंकले सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ः१५ बजे बोलाएको हो।सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, बैंकले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुकक्लोज गर्दैछ। जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।