काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण गरिनेछ।



About Us
प्रतिक्रिया