प्रभु बैंकका सीईओसहित ५ जना थप ५ दिन थुनामा रहने


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जना माथि अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, रेमिट्यान्स विभागका प्रमुख सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यमाथि ५ दिन म्याद थप गरेको हो।

उनीहरू माथि न्यायाधीश चन्द्रबहादुर सारु र गिता प्रसाद तिम्सिनाको इजलासले ५ दिन म्याद थपको आदेश जारी गरेको छ। साथै, अनुसन्धान कार्य शीघ्र सम्पन्न गराउन विशेष सरकारी वकिल कार्यालयलाई आदेश दिएकाे उच्च अदालत पाटनका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।