सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासनका लागि पायो अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई आइपीओ निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले आज पुष ६ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो। 

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ३१ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएको छ। आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।