नेप्से दोहोरो अंकले घट्दा सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंक, अन्यको कति ?


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.९२ अंकको घट्दा सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्। यससँगै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका छन्।

त्यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले गुमाएका हु्न्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.६४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.६१ प्रतिशतका दरले गुमाएका हुन्।

त्यसैगरी आज सबैभन्दा बढी एसवाई प्यानल नेपालका लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। १०.२५ प्रतिशत सिटिजन्स डिबेन्भर २०८६ का लगानीकर्ताले ९.८३ प्रतिशत, ९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ का लगानीकर्ताले ९.२१ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै,आज स्वस्तिक लघुवित्तको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बाराही हाइड्रोपावर पब्लिकको ११ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ।